हेटौंडा, बागमती प्रदेशका लागि राष्ट्रियसभा उपनिर्वाचनमा सदस्य पदको उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गरिएको छ। बुधबार अपरान्ह अन्तिम नामावली प्रकाशनसंगै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका गृहमन्त्री रामबहादुर थापालाई सूर्य चिन्ह, नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल चिन्ह र काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डाक्टर खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह प्रदान गरिएको बागमती प्रदेश निर्वाचन आयोग कार्यालयकी सुचना अधिकारी सम्झना ढकालले खबरब्रेकलाई जानकारी दिईन् ।