हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा भरुवा बन्दुक पड्कदा एकजना गम्भिर घाईते भएका छन् । घाइते हुनेमा वडा नंबर ७ कोगटेका २८ वर्षीय गगनबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

आफुसँग भएको बन्दुक बोकेर बाख्रा चराउन जंगल गएका सिंजाली अकस्मात बन्दुक पडेकीएपछि घाईते भएका थिए । घाईते सिंजालीलाई उपचारको लागि हेटौाडा अस्पताल ल्याईएको थियो । अस्पतालमा उपचारको लागि आएका सिंजालीको कम्मरमा गोली लागेको जस्तो घाउ भएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दा उनी आफैले लिएको बन्दुक पड्कीएर घाईते भएको पाईएको प्रहरीको भनाई रहेको छ । घटना स्थलबाट भरुवा बन्दुक थान १ समेत बरामद गरिएको तथा घाईतेको हाल प्रहरीको निगरानीमा उपचार भईरहेको घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।