हेटौंडा । बकैया गाउँपालिकामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज २ जनामा गरिएको एन्टीजेन परीक्षणमा दुबै जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले बताए । । पुष्टि हुनेमा वडा नंबर ११ का ३२ वर्षीय र ६३ वर्षीय पुरुष रहेका छन् ।

यो संगै गाउँपालिकामा सक्रिय संक्रमितको संख्या ८ पुगेको छ ।