हेटौंडा । पछिल्लो २४ घण्टामा हेटौंडामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ जना हेटौंडा उपमहानगरपालिका वडा नंबर १ का ५० वर्षीय पुरुष र वडा नंबर ३ का ६३ वर्षीय पुरुष तथा भीमफेदी गाउँपालिका वडा नंबर ६ का ५९ वर्षीय पुरुष रहेका छन् । उनिहरु तीनजनानै हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।