हेटौँडा, हेटौँडा उपमहानगरपालिकामा आजपनि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित भएका हेटौँडा १० का ७६ वर्षका बृद्धाको आज आफ्नै घरमा मृत्यु भएको हो । आजै बिहान चितवन मेडिकल कलेजबाट उनि घर आएका थिए । बैशाख १३ गते चितवन मेडिकल कलेजमा परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनलाई आज बिहान ३ बजे घर ल्याईएको थियो । उलाई मृगौलाको समेत समस्या रहेको जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौँलागाईले बताए ।