हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाको दाजु भाई स्विटस् लाई बन्द गरेर थप एक जनालाई पक्राउ गरेको छ ।

निषेधाज्ञाको अवज्ञा गर्दै भिडभाड गरेर मिठाई बेच्ने हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको दाजु भाई स्विटस् का थप एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

सोमबार पनि दाजु भाई स्विटस् का संचालक सहित ४ जनालाई पक्राउ गरिएको थियो प्रवक्ता रिमाल भनेः सोमबार पक्राउ गरिएका ४ जनानै हिरासतमै छन्,आज पनि भिडभाड गरेर संचालन गरिएको पाईएपछि एक जनालाई पक्राउ गरेर स्विटस् पसल बन्द गरेका छौ ।

पक्राउ परेकाहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्‍यक कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाईने जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।