सांकेतिक तस्बिर

हेटौंडा । हेटौंडा अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थाहा नगरपालिका वडा नंबर ३ का ३८ वर्षीय पुरुष रहेका छन् । उनलाई ३ दिन अघि थाहामा एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको थाहाका स्वास्थ्य संयोजक मेघराज बलामीले जानकारी दिए ।

उनका अनुसार संक्रमितलाई संक्रमण पुष्टि हुनुअघि कुनैपनि दिर्घ रोग रहेको थिएन ।

यो संगै पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसअघि आज बिहान मनहरी ९ का एक पुरुषको मृत्यु भएको थियो । यसैगरि हिजो साँझ हेटौंडाका एक जना र जिल्लाबाहिरका एक जना संक्रमितको मृत्यु भएको थियो ।