काठमाडौँ । मंगलबार सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९० हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैँयाले बढेर प्रतितोला १३२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।