हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना महामारीको बेला बजारमा कालोबजारी र कृतिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने भएको छ । प्रशासनले सोमबार एक सुचाना जारी गर्दै संकटको समयमा फाइदा उठाई कृतिम अभाव श्रृजना गरेर अनावश्यक मुल्य बृद्धी गरी उपभोक्ताको हित विपरीद कुनै पनि कार्य गर्नेलाई कारबाही गरिने जनाएको छ ।

जिल्लामा कोरोना संक्रमण तिब्र बढ्दै गएको र संक्रमण बढ्न नदिन प्रशासनले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका,मनहरी र भीमफेदी गाउँपालिकामा निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञा बजारमा कालोबजारी र कृतिम अभाव सिर्जना हुने गुनासो बढेपछि अनुगमनको क्रममा ब्यक्ति, समुह, ब्यवसायीहरुले उपभोक्ताको हित बिपरिद कुनै कार्य गरेको पाईएमा प्रचलिन कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

साथै, उपभोक्ताहरुलाई कुनै सुचना, गुनासो, जानकारी भएमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको आधिकारी इमेल, फेसबुक, सुचना अधिकारीसंग सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।