सांकेतिक तस्विर

धनुषा । तीब्र रुपमा फेलिइरहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले आज (मंगलबार) देखि धनुषामा १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान ६ बजेदेखि जनकपुरसहित धनुषा जिल्ला भरि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । गएको आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न संंक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाको अवधिमा अति आवश्यक काम बाहकेक घरबाट बाहिर ननिस्कन नागरिकलाई स्थानीय प्रशासनले आग्रह गरेको छ । निषेधाज्ञाको अवधिमा स्वास्थ्य सेवाका क्षेत्रहरु, वितीय संस्था, एम्बुलेन्स, दूधका सवारी, प्रेस, तथा सवारी पास प्राप्त सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

विवाहमा १५ जनाभन्दा बढी सहभागि हुन नपाउने, खाना पकाउने तथा खाद्य पसल बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न दिने, मास्क, सेनिटाइजर र समाजिक दूरीको अनिवार्य पालना गर्न प्रशासनले आग्रह गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।