हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ ।

आज बिहान साडे ९ बजे संक्रमितको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा महोत्तरी जलेश्वर-२ का ५० वर्षीय पुरुष रहेका छन् । उनलाई ६ दिन अघि थप उपचारको लागि हेटौंडा अस्पताल ल्याईको थियो ।

यो संगै २४ घण्टा नबित्दै हेटौंडा अस्पतालमा ३ जना संक्रमितले ज्यान गुुमाएका छन् ।

यसअधि आज बिहान ६ बजेर २२ मिनेटमा बाराका ४६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । यसैगरि गएराति ९ बजेर १७ मिनेटमा हेटौंडा-१ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।