इटालियन सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले उडिनेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरेका थिए ।

१-० ले पछि रहेको युभेन्टसका लागि रोनाल्डोले खेलको ८३औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए भने खेलको ८९औ मिनेटमा अर्को गोल गर्दै रोनाल्डोले युभेन्टसलाई जित दिलाएका थिए ।

यस अघि खेलको १०औ मिनेटमा नै नहुएल मोलिनाले गोल गर्दै उडिनेसले युभेन्टसमाथि शुरुवाती अग्रता हासिल गरेको थियो ।यो जितपछि पछि युभेन्टस सिरी एको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसको ३४ खेलमा ६९ अंक रहेको छ । त्यस्तै ३४ खेलमै ६९ अंक रहेको एटलान्टा दोस्रो स्थानमा छ भने ३४ खेलमै ६९ अंक रहेको मिलान चौथो स्थानमा रहेको छ ।

यस सिजनको सिरी ए को उपाधि भने इन्टर मिलानले जिती सकेको छ । अब शिर्ष चारमा परेर अर्को सिजनमा च्याम्पियन्स लिग खेल्न टिमहरुको लडाई बाँकी रहेको छ । त्यसैगरी यस खेलमा हार बेहोरेको उडिनेसको भने ३४ खेलमा ३९ अंक रहेको छ र लिगमा ११औ स्थानमा छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।