स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका छन् भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका छन् । त्यस्तै भलेन्सियाको लागि गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाले आफुलाई उपाधिको दाबेदारको रुपमा कायम राखेको छ । बार्सिलोनाको ३४ खेलपछि ७४ अंक भएको छ भने अंक तालिकामा रियल म्याड्रिडसँग बराबरी गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको एटलेटिको ३४ खेलमा ७६ अंक हासिल गर्दै २ अंकले अगाडी रहेको छ । त्यस्तै भलेन्सियाको भने ३४ खेलपछि ३६ अंक मात्र रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।