file photo

प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने उनले बताए ।

उनले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गरेका छन् । स्वास्थ्य मापदण्डको पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उनको भनाइ छ ।

कोरोना सङ्क्रमणको पहिलो लहरमा अपनाइएको सावधानीका कारण महामारी फैलिन नपाएको र अहिले दोस्रो लहरमा पनि त्यस्तै सावधानी अपनाउन ओलीले जोड दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।