एजेन्सी, २० बैशाख । कोरोना भाइरसको प्रभाव इन्डियन प्रिमियर लिग (आईपिएल) मा पनि देखिन थालेको छ । कोलकत्ताका दुई खेलाडीमा कोरोना पोजिटिभ देखिएपछि आजका लागि तय गरिएको खेल रद्द भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

भारतको बिसिसिआईले एक विज्ञप्ति जारी गर्दै कोलकत्ताका वरुण चक्रवर्ती र सन्दिप वारियरलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएको छ । अन्य खेलाडीलाई भने कोरोना नेगेटिभ देखिएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

आईपिएलको १४ औं संस्करणअन्तर्गत आज अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा ३० औं खेल हुँदै थियो । आज कोलकत्ता र बैंगलोरबीच साँध ७:४५ मा खेल सुरु हुने तालिका थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।