साङ्केतिक तस्वीर

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित डुम्रेकुनामा आइतबार चट्याङ पर्दा एक जनाको मृत्यु भएक छ भने २ जना घाईते भएका छन् । विहानैबाट परिरहेको पानिमा गढी ५ का बद्री घिमिरेको गोठमा ओत लाग्ने पुगेका ३ जनालाई विहानको १० बजे चट्याङ लागेको थियो ।

चट्याङ लागेर मकवानपुरगढी २ माथिल्लो छाप बस्ने अन्दाजी २५ वर्षिय विराज वाईवाको मृत्यु भएको छ । चट्याङ लागेसंगै बेहोस भएका वाईवालाई डुम्रेकुनाको सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारको लागि हेटौंडा अस्पतालमा ल्याईएको थियो । हेटौंडा अस्पतालमा उनको २ स् ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।

भट्याङबाट सोही स्थान बस्ने ४६ वर्षिय बिर बहादुर वाईवा र ५६ बर्षीय बिरवल वाईवा घाईते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

वाइवाको शव हेटौंडा अस्पतालमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।