राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाएकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन वैशाख २७ गते सोमबारका अपरान्ह १ बजे प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्‍वास छ भन्‍ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले सोहि अनुसार विश्वासको मत लिन   नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८/१/१९ को सिफारिसमा सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्‍वास छ भन्‍ने कुरा स्पष्ट गर्न आवश्यक ठान्‍नु भएकोले सोही प्रयोजनका लागिनेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख 2७ गते सोमबारका दिन अपरान्ह १:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नु भएको छ ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।