साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोला ओरालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ९०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँले उकालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने सुनको भाउ तोलामै १ हजार ८०० रुपैयाँले घटेको छ। गत साता शुक्रबार प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामै २० रुपैयाँ घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामै १० रुपैयाँ १० रुपैयाँ बढेर चाँदी १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ। गत साता शुक्रबार चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।