हेटौंडा । कोभिड–१९ (कोरोना भाईरस)को दोश्रो लहरले नेपाललाई समेत प्रभाव पार्न थालेपछि मकवानपुर जिल्लामा भने अक्सिजन सहितको आइसोलेसन वार्डको तयारी सुरु भइसकेको छ ।

मकवानपुरको १० स्थानीय तहमध्ये ८ वटा तहमा अक्सिजन सहितको आईसोलेशनको ब्यवस्थापन भइसकेको र एक स्थानीय तहमा भने अबको एकहप्ता भित्र स्थापना भइसक्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।

आज कोभिडको सन्दर्भमा मकवानपुरको तयारीबारे भएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख खुलालले कोरोना संक्रमण रोक्न करिब तयारी पुरा भएको बताए । उनले दोश्रो लहर अझ तिब्र गतिमा फैलिएको हुँदा स्वास्थ्य सावधानी अपनाउन पनि आम नागरिकलाई आग्रह गरेका छन् ।

कोरोनाको संक्रमणमा परेकाहरुलाई आइसोलेशनमा राख्नको लागि हेटौँडा उपमहानगरपालिकाले १ सय २० बेडको आइसोलेशन वार्ड गौरीटारमा स्थापना गरेको छ । सुविधासम्पन्न उक्त आइशोलेसनको क्षमता १ सय ५० सम्म रहेको खुलालको भनाई रहेको छ ।

यसैगरि बागमती गाउँपालिकाले १० बेड, बकैया गाउँपालिकाले २० बेड, मकवानपुरगढी गाउँपालिकाले १५, इन्द्रसरोबर गाउँपालिकाले १२, थाहा नगरपालिकाले चालु अवस्थामा २० र तयारी थप २० गरि ४०, कैलाश गाउँपालिकाले १० तथा अवको एक हप्तामा प्रयोग हुने गरी राक्सीराङ गाउँपालिकाले २० बेडको आइसोलेशन तयार गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।