‘नोमाडल्यान्ड’ यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट फिल्म घोषित भएको छ। अमेरिकाको हलिउडस्थित डल्बी थिएटर र लस एन्जलसको यूनियन स्टेशनमा आयोजित ९३ औं एकेडेमी अवार्ड समारोहमा ‘नोमाडल्यान्ड’ले उत्कृष्ट फिल्मसहित मुख्य तीन अवार्ड जित्यो।

‘नोमाडल्यान्ड’बाटै चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई जाओले उत्कृष्ट निर्देशकको अवार्ड जितिन् भने फ्रान्सिस म्याकडोरमन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन्।

जाओ ओस्कार पाउने आफ्नो समुदायकी पहिलो महिला र ओस्कारको इतिहासमै उत्कृष्ट निर्देशकको अवार्ड पाउने दोस्रो महिला बनेकी छन्। यसअघि सन् २०१० को ८२औं एकेडेमी अवार्डमा ‘द हर्ट लकर’ फिल्मका लागि क्याथरन बिग्लोले उत्कृष्ट निर्देशकको अवार्ड पाएकी थिइन्।

उत्कृष्ट अभिनेताको अवार्ड ‘द फादर’ फिल्मबाट एन्थोनी हपकिन्सले जितेका छन्।

उत्कृष्ट फिल्म : नोम्याडल्यान्ड

निर्देशक : क्लोई चाउ (नोम्याडल्यान्ड)

उत्कृष्ट अभिनेता : एन्थोनी हप्किन्स (द फादर)

उत्कृष्ट सह-अभिनेता : ड्यानियल कलुया (जुडस एण्ड दि ब्ल्याक मसाया)

उत्कृष्ट अभिनेत्री : फ्रान्सेस म्याकडोरमेन्ड (नोम्याडल्यान्ड)

उत्कृष्ट सह-अभिनेत्री : यो जङ उङ (मिनारी)

सिनेम्याटोग्राफी : म्यांक

उत्कृष्ट ओरिजिनल स्क्रिन प्ले : योङ प्रोमिसिङ वुमन

कस्ट्युम डिजाइन : मा रेनिज ब्ल्याक बटम

डकुमेन्ट्री फिचर : माई अक्टोपस टिचर

डकुमेन्ट्री सर्ट सब्जेक्ट : कलेट

फिल्म सम्पाद : साउन्ड अफ मेटल

अन्तर्राष्ट्रिय फिचर फिल्म : एनोदर राउन्ड (डेनमार्क)

मेकअप एण्ड हेयर स्टाइलिङ : मा रेनिज ब्ल्याक बटम

उत्कृष्ट संगीत : सोल

एनिमेटेड फिचर फिल्म : सोल

उत्कृष्ट गीत : फाइट फर यु (जुडस एन्ड द ब्ल्याक मसिहा)

प्रोडक्सन डिजाइन : म्यांक

उत्कृष्ट ध्वनि : साउन्ड अफ मेटल

भिजुअल इफेक्ट्स : टेनेट

सर्ट फिल्म (एनिमेटेड) : इफ एनिथिङ ह्यापेन्स आइ लभ यु

सर्ट फिल्म (लाइभ एक्सन) : द टु डिस्टेन्ट स्ट्रेन्जर्स


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।