file photo

करिअरको उत्कर्षमा पुगेका गायक नितेशजंग कुँवरले सांगीतिक यात्राबाट बिश्राम लिने भएका छन् । युवापुस्ता माझ निक्कै लोकप्रिय नितेशले सामाजिक सञ्जाल फेसबुक मार्फत सांगीतिक यात्रा टुंग्याउने चरणमा पुगेको जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘साथीहरु, मेरो नेपाली सांगीतिक यात्रा निष्कर्षमा पुगेको महसुस गरेको छु । सबैलाई यो साथका लागि धेरै धेरै धन्यवाद, स्वस्थ रहनुहोस्, नम्र हुनुहोस् ।’

 

आफूले संघर्ष गरेर लोकप्रिय बनेको क्षेत्र छोड्दै गर्दा नितेशले कारण भने खुलाएका छैनन् । उनले केवल सांगीतिक क्षेत्रबाट टाढा हुने निष्कर्षमा पुगेको मात्रै उल्लेख गरेका छन् । नितेशले फेसबुकमा स्टाटस राखेपछि धेरैले सांगीतिक क्षेत्र नछोड्न सुझाव दिएका छन् ।

उनले ‘गेडैजस्तो जिन्दगी’, ‘हाम्रो नेपालमा’, ‘परी’, ‘आश्मा’, ‘पीडित’, ‘धोकेबाज’, ‘फ्लर्टी माया’ जस्ता गीतहरु गाइसकेका छन्। जुन गीतहरुले निकै चर्चा बटुलेका थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।