सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार १ सय ५२ वटा परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।

साथै पछिल्लो २४ घण्टामा १ सय ५७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।