नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री गरिमा पन्त आमा बन्ने भएकी छिन् । लामो समयदेखि बेल्जियम बस्दै आइरहेकी गरिमाले आफु आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् ।

उनले श्रीमान हरि शर्मा सँग तस्बिर राख्दै क्याप्सनमा सृस्‍टिबाट सृस्‍टिकर्ता जीवनको अर्को सुन्दर अध्यायमा प्रवेस भनेर लेखेको छ । तस्बिरमा उनी आमा बन्न लागेको प्रस्ट देखिएको छ । उनले लेखेको उक्त स्टाटसमा धेरै शुभचिन्तकहरूले बधाई दिएका छन् ।

1.jpg

फिल्म झोला बाट चर्चामा आएकी गरिमाले यसै फिल्मबाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी छन् । बेल्जियममा ‘गरी सुमी’नामको एक रेस्टुराँ खोलेको बारे उनले नै जानकारी गराएकी छिन् ।

उनले बेल्जियमका धनाढ्य नेपाली युवक शर्मासँग विवाह गरेपछि उतैर माउन थालेकी हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।