file photo

हेटौंडा । पछिल्लो केहिदिन एता छिमेकी देश भारतमा दैनिक डेड लाख संख्यामा कोरोना भाइरस संक्रमितको संख्या थपिनुको साथै मृत्यु हुनेको संख्या पनि बढेदै गएको छ । अझ नेपालको खुला सिमना जोडिएको भारतको बिहार राज्यमा तिब्र गतिमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

आउँदै गरेको नेपाली नयाँ वर्षको दिन बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण फैलने जोखिम उच्च रहेको देखिएको छ । हरेक वर्षको नयाँ वर्षको दिन छिमेकी देश भारत र छिमेकी जिल्लाका करिब एक लाखले मकवानपुरको विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्दै आएका छन् ।

अघिल्लो वर्ष भने कोरोना संक्रमण जोखिम लकडाउनको कारण सबै बन्द रहेका थिए । तर यो वर्षको नयाँ वर्षमा भने पर्यटकहरुलाई मास्कको प्रयोग गर्न लगाउने,सामाजिक दुरी कायम गर्न लगाएर कडा सुरक्षा व्यवस्थापना गरेर पर्यटकीय स्थल खुलानै राख्ने तयारी रहेको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जनाकारी दिए ।  उनले मास्क लगाउन लगाएर र कडा सुरक्षा व्यवस्था राखेर भिडभाड हुन नदिन बताउँदै नयाँ वर्षको दिन पर्यटकीय स्थल खुलानै छोडिने बताए । उनले कोरोना संक्रमण जोखिम रहेको बताउँदै मास्क लगाउन,सकेसम्म भिडभाड स्थलमा नजान र जनस्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गरे ।

मकवानपुरको हेटौंडा स्थित स्मारक,पुष्पलाल पार्क,भैरवडाँडा,त्रिखण्डी,गुम्बाडाँडा,मकवानपुगढी स्थित मकवानपुरगढी दरबार,मनकामना मन्दिर परिसरमा नयाँ वर्षको दिन अन्य दिनको तुलनामा अत्याधिक भिडभाड हुने गरेको छ । नयाँ वर्षको दिन यहाँ स्थानीय पर्यटक देखि छिमेकी जिल्ला चितवन,बारा,पर्सा,रौतहट,सलार्ही साथै भारतको बिहार राज्यबाट बढी पर्यटकहरु घुम्न आउने गर्दछन् ।

भारतमा कोरोना संक्रमितको संख्या तिब्र बढ्दै जाँदा सरकारले भारतसंग जोडिएका सिमा नाकामा कडा नगेको अवस्थामा संक्रमितहरु आवतजावत बढ्दै जान सक्ने सम्भावनाको कारण हेटौंडामा पनि कोरोना संक्रमणको जोखि उच्च रहेको हो ।

मकवानपुरमा हालसम्म पुष्टि भएको ३ हजार ९ सय ६ जना संक्रमितमा ३ हजार ८ सय ६१ जना संक्रमण मुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । मकवानपुरमा आजको दिनमा १३ जना सक्रिय संक्रमित आफ्नै घर (होम आइसोलेसन) मा उपचाररत रहेका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण ३२ जनाको ज्यान गएको छ ।


सुमन दाहाल
सुमन दाहाल
nagarikvai19@gmail.com
समाचार संयोजक