काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्ने निर्णय गर्न नहुने सुझाव दिएका छन् ।

सोमबार शिक्षा मन्त्रालयले गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने र बन्द गर्ने जिम्मा स्थानीय तहलाई दिनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले कोरोना संक्रमणको अवस्थालाई हेरेर विद्यालय बन्द गर्ने कि खोल्ने निर्णय गर्ने जिम्मा स्थानीय तहलाई नै दिनुपर्ने बताएका हुन् ।

केन्द्र सरकारले विद्यालय बन्द गर्ने निर्णय गर्दा कोरोना प्रभावित नभएका क्षेत्रका विद्यालय पनि बन्द हुने भएकाले स्थानीय तहलाई नै अधिकार दिनुपर्नेमा जोड दिएका हुन् । छलफलमा सहभागी नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले विद्यालय बन्द गर्ने कि खोल्ने भन्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिनुपर्ने बताए ।

कोरोनाको प्रभाव परेको स्थानमा मात्रै विद्यालय गर्नुपर्ने भन्दै उनले विद्यालय बन्द गर्ने विषयमा केन्द्रबाट निर्णय नहुने जिकीर गरे । विद्यालय सम्बन्धी सम्पूर्ण अधिकारस्थानीय तहलाई जिम्मा दिनुपर्ने उनको भनाइ छ ।

सामुदायिक विद्यालय केन्द्रीय महासंघका कृष्ण थापाले विद्यालय बन्द गर्नुपर्ने अवस्था आएमा वैकल्पिक सिकाइलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पनि कोरोना संक्रमणको प्रभाव परेको स्थानमा मात्रै विद्यालय बन्द गर्नुपर्ने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।