हेटौंडा । मकवानपुर जिल्लाको ११ औ राष्ट्रपति रनिङशिल्डको उपाधि बकैयको बुद्धमा माविले हात पारेको छ ।

बुद्ध माविले ६ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित उपाधि हात पारेको हो । यस्तै बकैयाकै महेन्द्र माविले ४ स्वर्ण,४ रजत र ३ कास्य पदक सहित दोस्रो र थाहा नगरपालिकाको जनकल्याण माविले ४ स्वर्ण २ रजत र ४ कास्य सहित तेस्रो स्थान हासिल गरेको छ । गत वर्ष कोरोनाका कारण प्रतियोगिता हुन नसकेको थिएन ।

०७४ र ०७५ मा लगातार जनक माविले शिल्ड लगेको भए पनि यस पटक बुद्धले जितेको हो । जिल्लाका दश वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा ४८ स्वर्ण पदकका लागि खेल भएको हो ।

प्रतियोगितामा भलिवल,कव्वडी,एथलेटिक्स, कराते ,तेक्वान्दो र उसुका खेल समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।