हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले हेटौंडा-७ कमाने हरियाली टोल स्थित आशा फाउन्डेसन द्वारा संचालित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रको अवलोकन गरेका छन् ।

मन्त्री फुयालले उक्त विद्यालयले शारीरिक तथा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई के कस्ता माध्यमद्वारा शिक्षा प्रदान गरिरहेको छ, विद्यालय शैक्षिक गतिविधि के कसरी संचालन भइरहेको छ, आगामी दिनमा यसलाइ थप प्रभावकारी रुपमा अघि बढाउनका लागि के कस्ता कुराहरुको आवश्यकता पर्छ लगाएत विषयमा फाउन्डेसन तथा विद्यालयका संस्थापक संरक्षक आइना वार्का न्यौपाने, फाउन्डेसन अध्यक्ष कैलाश न्यौपाने तथा फाउन्डेसन कन्ट्री डाइरेक्टर तथा विद्यालय प्रधानध्यापक रुपा कार्कीसंग छलफल गरेका थिए।

मन्त्री फुयाले आगामी दिनमा यस विद्यालयलाई अझ प्रभावकारी रुपमा संचालन गर्नको लागि आफुले पाउने मासिक सेवा सुविधा बापतको आधा रकम तथा अन्य थप सहयोग विद्यालयलाई उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

सोमबार विद्यालय अवलोकन कार्यक्रमममा समाजसेवी जीवन सिं भण्डारी, हेटौंडा-७ का वडा अध्यक्ष राजन थापा, विद्यालय संरक्षक तथा संस्थापक आइना वार्का न्यौपाने, सि आशा फाउन्डेसन अध्यक्ष कैलाश न्यौपाने, फाउन्डेसन कन्ट्री डाइरेक्टर तथा आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रको प्रधानध्यापक रुपा कार्की, फाउन्डेसन तथा विद्यालय सदस्य रुपक अर्याल विद्यालय शिक्षिका तथा बालबालिका लगाएतको उपस्थिती रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।