file photo

हेटौंडा । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्नुको साथै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ जना रहेको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ५५९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा स्रंक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १३८ जना निको भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३०६ रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।