काठमाडौं । जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सुरु भएको महाधिवेशनले अध्यक्ष र महासचिवबाहेक अरू सबै पदमा निर्वाचन भएको थियो । महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन् ।

सोमबार बिहान आएको निर्वाचनको मतपरिणाम अनुसार उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन् ।

२५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि चार हजार ५००  प्रतिनिधिले मतदान गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।