इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले  सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको हो ।

कोलकोताले दिएको १८८ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ५ विकेट गुमाउदै १७७ रन मात्र बनाएपछि खेल १० रनले हारेको थियो ।

हैदरावादका लागि मनिष पाण्डेले अविजित ६१ रन बनए भने जोनी बैरस्ट्रवले ५५ रन बनाएका थिए । त्यस्तै अब्दुल समादले अविजित १९, मोहमद नाबीले १४ र विजय शंकरले ११ रन बनाएका थिए ।

कोलकोताका लागि प्रसिद कृष्णले २ विकेट लिए भने शकिब अल हसन, पाट कमिन्स र आन्द्रे रसेलले एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै १८७ रन बनाएको थियो ।

कोलकोताका लागि नितिश रानाले सर्बाधिक ८० रन बनाएका थिए । नितिशले ५६ बल खेल्दै ४ छक्का र ९ चौका प्रहार गर्दै ८० रन बनाएर आउट भएका थिए ।

त्यस्तै राहुल त्रिपाठीले २९ बलमा ५३ रन बनाए भने दिनेश कार्तिकले ९ बलमा २२ रन बनाए । त्यसैगरी शुभमन गीलले १५ रन बनाएका थिए ।

त्यस्तै सनराइजर्स हैदरावादका बलर राशिद खान र मोहमद नावीले २-२ विकेट लिए भने भुवनेश्वर कुमार र टी नटराजनले एक एक विकेट लिए । आइपिएल अन्तर्गत आज राजस्थान रोयल्स र किंग्स इलेभेन पञ्जाबबीच खेल हुदै छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।