सांकेतिक तस्विर

कैलालीमा ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो ।

अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचाररत पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष रहेका छन् । उनीमा आइतबार कोरोना संक्रमण पुष्टी भएको थियो ।

जटिल प्रकृतिको श्वासप्रश्वासको समस्या देखिएको उनलाई आइतबार नै अस्पताल भर्ना गरिएको थियो । उनको शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय भइरहेको अस्पतालले जानकारी दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।