हेटौंडा । नेपालमा थप ३ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ३ हजार १ सय २५ जनाको परीक्षणमा थप ३ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार ३८ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा एक सय ४१ जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएका छन् । यो संगै नेपालमा २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४० रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।