हेटौंडा । दाहाल प्रतिष्ठान मकवानपुर शाखा समितीको आयोजनामा नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार हेटौंडामा दाहाल प्रतिष्ठान बागमती प्रदेश समितीबाट प्रकाशित भित्तेपात्रो वितरण, आजिवन सदस्यता वितरण सहित चियापान कार्यक्रम सम्पन्न भएको हो ।

दाहाल प्रतिष्ठानका केन्द्रिय सचिवालय सदस्य तथा बागमती प्रदेश समितीका अध्यक्ष शिबहरि दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा दाहाल प्रतिष्ठानका केन्द्रिय सदस्य तथा बागमती प्रदेश कोषाध्यक्ष कुमारमणि दाहाल, केन्द्रिय सदस्यहरु रिपेश दाहाल, दिपक दाहाल, प्रकाश दाहाल, प्रदेश समिती सदस्य बालकृष्ण दाहाल लगायत शाखा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको प्रतिष्ठान मकवानपुरका उपाध्यक्ष जुना दाहालले जानकारी दिईन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका भित्र रहेका दाहाल बन्धुहरुलाइ दाहाल प्रतिष्ठान बागमती प्रदेश समितीबाट प्रकाशित भित्तेपात्रो वितरण तथा आजिवन सदस्यता वितरण गरिएको थियो ।

शाखा समिती सचिव सरिता दाहालले संचालन गरेको कार्यक्रम दाहाल प्रतिष्ठान मकवानपुर शाखा समितीका अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।