इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न यस सिजनको पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १८९ रनको लक्ष्य पछाएको दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दिल्लीका लागि शिखर धवनले सर्बाधिक ८५ रन बनाए भने पृथ्वी शाले ७२ रन बनाएका थिए । दुवैले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए ।

त्यस्तै कप्तान ऋषव पन्तले अविजित १५ रन बनाए भने मार्कोस स्टोइनिसले १४ रन बनाए । चेन्नईका श्रदुल ठाकुरले २ विकेट लिए भने डवाने ब्राभोले एक विकेट लिएका थिए ।

यसअघि टस  हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ३६ बलमा ५४ रन बनाएका थिए । त्यस्तै मोईन अलीले ३६ रन बनाए भने रविन्द्र जडेजाले २६ रन, अम्बाती रायडूले २३ र साम कुरानले ३४ रन बनाए ।

त्यसैगरी दिल्लीका बलर क्रिस वोक्स र अवेश खानले २-२ विकेट लिए भने रविचन्द्रन आश्विन र टम कुरानले एक एक विकेट लिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।