सांकेतिक तस्विर

हेटौंडा । सडक मानवमुक्त मकवानपुरको हेटौंडामा एक जना सडकपेटीमा सुतेको अवस्थामा मृत देखा परेका छन् ।

हेटौंडाको ओमभवन नजिक आज बिहान सबा ७ बजे आन्दाजी ४० वर्षको पुरुष सडकपेटीमा सुतेको अवस्थामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार मृत व्यक्ति बजार क्षेत्रमा मागी खाने गरेको ,सडक पेटीमै सत्ने गरेको र आज बिहान सुतेकै ठाउँमा मृत अवस्थामा देखा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

शवको शनाखत हुन नसकेको र शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

मकवानपुरलाई २०७५ साल फागुनको पहिलो हप्ता नेपालकै पहिलो सडक मानवमुक्त जिल्ला घोषणा गरिएको थियो । मकवानपुरको हेटौंडामा अझैपनि करिब एक दर्जन मानिसहरु सडकपेटीमा सुतेर रात बिताउने गरेको भेटिन्छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।