चालु आर्थिक वर्षमा भएका दुर्घटनाका तस्बिरहरु

अम्बिका बस्नेत
हेटौंडा । गएको चैत २२ गते हेटौंडा उपमहानगरपालिका वडा नंबर १० भुटनदेवी मोडमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किए । उक्त दुर्घटनामा मोटरसाईकलको पछाडी सवार हेटौंडा-१० बस्ने १७ वर्षीय सगुन जिम्बाको मृत्यु भयो भने अन्य ३ जना घाइते भए । यसरी मकवानपुरमा सवारी दुर्घटनाका घट्ना बढ्दो क्रममा रहेको देखिन्छ ।

चालु आर्थिक बर्षको श्रावणदेखि चैतसम्म मकवानपुरमा १०९ वटा दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै श्रावण यता १३९ जना गम्भिर घाइते भएका छन भने २१२ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

श्रावण महिनापछि मकवानपुरमा क्रमश सवारी दुर्घटना बढेको देखिन्छ । श्रावण महिनामा १७ सवारी दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ भने १३ जना गम्भिर र घाइते र ८ जना सामान्य भएका हुन । भदौ महिनामा दुर्घटना कहि कम भएको देखिएको छ । भदौ महिनामा ८ सवारी दुर्घटना भएकामा मृत्यु संख्या शुन्य रहेको छ भने ६ जना गम्भिर घाइते भएका र ७ जना सामान्य घाइते रहेका छन् ।

त्यस्तै असोज महिनामा दुर्घटना ह्वातै बढेको देखिन्छ । असोजमा ३५ सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । जसमा ३१ जना गम्भिर घाइते भएका छन् भने २९ जना सामान्य घाइते भएका हुन् ।

त्यस्तै कार्तिक महिनामा २४ दुर्घटना भएका छन् भने ३ जनाको दुर्घटनामा परि मृत्यु भएको छ । त्यस्तै २७ जना गम्भिर घाइते भएका छन् भने २० जना सामान्य घाइते भएका छन् । मंसिर महिनामा २३ दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २३ जना गम्भिर घाइते भएका छन् भने १० जना सामान्य घाइते भएका छन् । पुष महिनामा १३ वटा सडक दुर्घटना भएकामा ३ जनाको मृत्यु भएको छ भने गम्भिर घाइते ५ जना र सामान्य घाइते ४७ जना रहेका छन् । त्यस्तै माघ महिनामा २७ सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने गम्भिर घाइते १७ र सामान्य घाइते ४७ जना भएका छन् । २७ वटा सडक दुर्घटना भएको फागुन महिनामा ९ जनाको मृत्यु भएको छ भने गम्भिर घाइते १६ जना र सामान्य घाइते ४१ जना भएका छन् । चैत महिनामा सडक दुघटना १६ दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

गत बर्षमा १२० वटा सडक दुर्घटना भएका थिए । जसमा ६९ जनाको मृत्यु भएको थियो भने ६४ जना गम्भिर र १०२ जना सामान्य घाइते भएका थिए ।

यस्तो छ मकवानपुरमा ७ आर्थिक वर्षको सवारी दुर्घटनाको तथ्यांक :

मकवानपुरमा आर्थिक वर्ष २०६९/७० मा सवारी दुर्घटनामा परि ३९ जनाको मृत्यु भएको थियो।

यस्तै क्रमश आर्थिक वर्ष २०७०/७१/७२/७३/७४र७५/७६ मा सवारी दुर्घटनामा परि क्रमश ४५/८२/४२/६६/५८/५३/६९ जनाको मृत्यु भएको जिल्ला प्रहरी ट्राफिक कार्यलय मकवानपुरले जनाएको छ।

यसरि आर्थिक वर्ष वि.स २०६९ देखि वि.स २०७७ सम्मको सवारी दुर्घटना तथ्याङक हेर्दा हरेक वर्ष सवारी दुर्घटनाबाट ३९ देखी ६९ जनासम्मको ज्यान गएको देखिन्छ।

यस्तो छ कारण

सवारी साधनहरु दुर्घटना हुनुमा प्रमुख कारणहरु चालकको लापर्बाही,तिब्र गति,अधिक भार ‘ओभरलोड’ रहेको जिल्ला ट्राफिक कार्यलय मकवानपुरले जनाएको छ । मादक पर्दाथ सेवन गरेर चलाएका सवारी साधनहरु अधिकांश दुर्घटनामा पर्ने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी चालकमा धैर्यको कमी भएका कारण सवारी दुर्घटना दिन प्रतिदिन बढिरहेको जनाएको छ ।

चालकमा उच्च रक्तचाप, हतार, यान्त्रिक गडबडी, सडकको अवस्था, मादक पदार्थको सेवन, आँखाको दूरदृष्टिमा कमजोरी नै दुर्घटनाको मुख्य कारण रहेको बताइएको छ ।बागमती प्रदेशको राजधानीसमेत भएकाले मकवानपुरको सवारी चाप पछिल्लो समय बढ्दो रुपमा रहेको छ ।

दशकौँ पुरानो मापदण्डका सडक, पूर्वपश्चिम राजमार्गलगायत केन्द्रीय राजधानी काठमाडौँलाई जोड्ने छोटो दूरीका सडक सञ्जालले हेटौँडालाई जोड्ने हुनाले पनि मकवानपुर भएर दैनिक हजारौँ सवारी आवतजावत गर्ने गरेका छन् ।

यस्ता सवारी चापको चुनौतीलाई सिमित ट्राफिक जनशक्तिबाट सवारी व्यवस्थापन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले बतायो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।