इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किग्न्सले दिल्ली क्यापिटल्सलाई १८९ रनको लक्ष्य दिएको छ ।

टस  हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनाएको हो ।

चेन्नईका लागि सुरेश रैनाले ३६ बलमा ५४ रन बनाएका थिए । त्यस्तै मोईन अलीले ३६ रन बनाए भने रविन्द्र जडेजाले २६ रन, अम्बाती रायडूले २३ र साम कुरानले ३४ रन बनाए ।

त्यसैगरी दिल्लीका बलर क्रिस वोक्स र अवेश खानले २-२ विकेट लिए भने रविचन्द्रन आश्विन र टम कुरानले एक एक विकेट लिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।