file photo

हेटौंडा । आजदेखि एक महिनाको लागि कुलेखानी-फाखेल सडकखण्ड बन्द हुने भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्न आजदेखि (चैत २८ गते) देखि आगामी वैशाख २८ गतेसम्म (एक महिना) को लागि सबै प्रकारको यातायात सेवा बन्द गर्ने निर्णय गरेको बागमती प्रदेश, यातायात पूर्वाधार प्रदेशनालयले जनाएको छ ।

उक्त सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यको लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारको यातायात सेवालाई बन्द गर्नुपरेको बागमती प्रदेश, यातायात पूर्वाधार निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले बताए ।

अब एक महिनाको लागि सिस्नेरी सडकखण्डमा मात्र यातायात सञ्चालन हुने बताईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।