इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटअन्तर्गत आजको खेलमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

खेल मुम्बईस्थित वांखडे क्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

चेन्नई महेन्द्रसिंह धोनी र दिल्ली ऋषभ पन्तको कप्तानीमा मैदानमा उत्रिँदैछन् । ऋषभले पहिलोपटक दिल्लीको कप्तानी सम्हाल्दैछन् ।

हालसम्म यी दुई टोली २३ खेलमा आमनेसामने हुँदा चेन्नईले १५ र दिल्लीले ८ खेल आफ्नो पक्षमा पारेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।