file photo

नयाँदिल्ली । भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमणलाई जित्दै घर फर्किएका छन् ।

तेन्दुलकरलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको समाचारमा उल्लेख छ । तेन्दुलकर अझै केही दिन होम क्वारेन्टिनमा बस्नेछन् ।

२७ मार्चमा सचिन कोरोनाबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । उनी दुई अप्रिलमा अस्पताल भर्ना भएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।