


हेटौंडा । पछिल्लो दिनहरुमा मकवानपुरको हेटौंडा उपमहानरपालिकामा दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएका छन् । मकवानपुरमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ९ सय नाघेको छ ।
आज गरिएको १० जनाको स्वाब परीक्षणमा थप १ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेको हेटौंडा उपमहानगरपालिका वडा नंबर २ का ४७ वर्षीय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसमम पुष्टि हुनेको संख्या २ हजार ९ सय २ पुगेको छ ।
हिजो बुधबार पनि हेटौंडाका थप २ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा हेटौंडा-८ का २५ वर्षीय र हेटौंडा-३ का ४९ वर्षीय पुरुष रहेका छन् ।
मकवानपुरमा हालसम्म पुष्टि भएकामा ३ हजार ८ सय ६० जना संक्रमण मुक्त भएका छन् । मकवानपुरमा आजको दिनमा १० जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । संक्रमित सबै आ-आफ्नै घरमा उपचाररत रहेका छन् ।
यसैगरि मकवानपुरमा कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ ।
मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि थाहा नपालिकाका र मनहरी गाउँपालिकाका २/२ रहेका छन् भने बागमती र बकैया गाउँपालिकाका १/१ जना रहेको छन् ।
प्रतिक्रिया दिनुहोस्