


काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ ।
केही समययता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतका विभिन्न स्थानमा लकडाउन र रात्रिकालीन कर्फ्यू गरिएको छ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ३१५ जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ६ सय ८४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ जना पुगेको छ । यस्तै भारतमा १ करोड १८ लाख ४८ हजार संक्रमणमुक्त भएका छन् ।
भारतको महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा पछिल्लो समय कोरोना संक्रमण फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्