साङ्केतिक तस्विर

काठमाडौँ । प्रिमियर लिग क्लब चेल्सीले पोर्चुगलको क्लब पोर्टोमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिग अन्तर्गत चेल्सी पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा मासन माउन्ट र बेन चिलवेलले एक एक गोल गरेका थिए ।

माउन्टले खेलको ३२औ मिनेटमा गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए भने भने चिलवेलले खेलको ८५औ मिनेटमा गोल गरेका थिए । यो सँगै चेल्सीले क्वाटरफाइनलको पहिलो लिगमा २-० को महत्वपूर्ण अग्रता लिएको छ । अब दोस्रो लिग अप्रिल १४ मा हुदै छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।