हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित भएका छन् ।

बुधबार भएको पत्रकार महासंघ मकवानपुरको निर्वाचनमा प्रेस चौतारीतर्फका बालकृष्ण अधिकारीलाई पराजित गर्दै प्रेस युनियन,प्रेस सेन्टर र मिडिया नेपालको एलायन्सतर्फको गौतम निर्वाचित भएका हुन् ।अध्यक्ष पदका लागि गौतमले एक सय र उनका प्रर्तिस्पर्धी अधिकारीले ५६ मत प्राप्त गरेका थिए ।

त्यस्तै, महासंघको उपाध्यक्ष पदमा ध्रुबप्रसाद अधिकारी, महिला उपाध्यक्षतर्फ सरला अधिकारी, खुल्ला सचिवतर्फ शुभलक्ष्मी विश्वकर्मा, सह–सचिव समावेशीतर्फ मन्दिरा बानियाँ –मानबी), सह–सचिव खुल्लातर्फ यमप्रसाद पौडेल (एमपी शर्मा) र कोषाध्यक्षतर्फ केशव समर्पण सुबेदी निर्वाचित भएका छन् ।

यसैगरी, सदस्य महिलातर्फ रुपा गुरुङ, सदस्य दलिततर्फ शान्ति सुनार, सदस्य आदीबासी जनजातितर्फ नवराज वाईबा र सदस्य (मधेशी) तर्फ आदित्य कर्ण निर्वाचित भएका छन् ।

यस्तै, खुल्लातर्फको सदस्यमा क्रमशः अर्जुन संञ्जेल, उज्ज्वल अधिकारी, प्रदिप अधिकारी, बलराम पुडासैनी, रेवती प्रसाद तिमल्सिना (नविन), विजय पौडेल र श्रृजना नेपाल निर्वाचित भएका छन् ।

उता प्रदेश परिषद् सदस्य (खुल्ला) तर्फ गणेशदर्पण अधिकारी, विश्वराम अधिकारी (विवश), रविन्द्र गौतम, शिव चौलागाई, सुजन ढकाल, सुनिल शिवाकोटी, प्रदेश परिषद् महिलातर्फ क्रमशः आरती ढकाल, भावना रिजाल र आदीबासी जनजातितर्फ अमर लामा र अशोक सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रदेश परिषद् सदस्य दलिततर्फ कृष्णराम परियार निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, केन्द्रीय परिषद् सदस्य (खुल्ला) मा भानुभक्त आचार्य र राजन (खुसराज) दाहाल, (महिला) मा नानीमैया विष्ट निर्वाचित भएका छन् भने केन्द्रीय परिषद् सदस्य (आदीबासी जनजाति) तर्फ सुर्वणलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा आवद्ध १६४ जना पत्रकारहरुमध्ये १६१ जनाले मात्रै मतदान गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।