File photo

हेटौंडा । नेपालमा थप २ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय ९८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ७८ हजार ७६८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा हालसम्म २ लाख ७३ हजार ५२९ जना संक्रमण मुक्त भएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।