प्यूठान । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको र अध्यक्ष गिरीले बताए । अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।