file photo

बलिउड अभिनेत्री कटरिना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छिन् ।

उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै आइुोलेट गरेको बताएकी छिन् । कैफले चिकित्सकको सल्लाह अनुसार सबै सुरक्षा प्रोटोकल अपाएको पनि बताएकी छिन् । यो सँगै उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गराउन अनुरोध गरेकी छिन् ।

विश्वमा दोस्रो लहरको कोराना सुरु भएसँगै भारतमा पनि कोरोना संक्रमण दर उच्च देखिएको छ । विगत केहिदिन यता बलिउड स्टारमा कोरोना संक्रमण देखिने क्रम बढेको छ । कोरोनाका कारण प्रचार मिति तोकिएका ठूला ठूला ब्यानरका चलचित्रहरू धमाधम स्थगित भैरहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।