हेटौंडा । मकवानपुरमा एकैदिन थप ५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १३ जनाको कारोना परीक्षणमा थप ५ जनामा संक्रमण देखिएको हो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ४ जना र एक जना थाहा नगरपालिकाको रहेका छन् । पुष्टि हुनेहरुमा हेटौंडा-१ को ३५ र ५५ वर्षीया महिला दुई जना,हेटौंडा-४ को ६८ वर्षीय पुरुष तथा हेटौंडा-८ को ४२ वर्षीय पुरुष रहेका छन् भने थाहा-४ को १९ वर्षीया किशोरी रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यलय अनुसार पुष्टि हुने २ जना भारत जानको लागि परीक्षणको क्रममा संकमण देखिएको र एक जना स्वास्थ्य परीक्षणको क्रममा कोरोना परीक्षण गराउँदा संक्रमण देखा परेको हो । यसैगरि थाहामा एन्टीबढी परीक्षणमा १९ वर्षीयाा किशोरीमा पोजेटिभ देखा परेको हो ।

पुष्टि भएका ५ जनामा ४ जना सम्पर्कमा आएको होम आइसोलेसनमा उपचाररत रहेको र एक जना हेटौंडा-८ का ४२ वर्षीय पुरुष संग सम्पर्क हुन नसकेको र सम्पर्क कार्य भइरुहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ३ हजार ८ सय ९९ पुगेको छ । मकवानपुरमा हालसम्म संक्रमण पुष्टि भएकामा ३ हजार ८ सय ५८ जना संक्रमण मुक्त भईसकेको जनस्वास्थ्य कार्यलयले जनाएको छ ।

मकवानपुरमा कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि थाहा नपालिकाका र मनहरी गाउँपालिकाका २/२ रहेका छन् भने बागमती र बकैया गाउँपालिकाका १/१ जना रहेको छन् ।

मकवानपुरमा आजको दिनमा ९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । संक्रमित सबै आ-आफ्नै घरमा उपचाररत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।