madhav kumar nepal

काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै कमिटी बनाएको छ।

माधव नेपाल पक्षले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो।

बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा कार्यक्रम आयोजान गरि कमिटी घोषणा गरिएको हो। शाक्य नेतृत्वको कमिटीकाे सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई छन्।

सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र झलनाथ खनाल-माधव नेपाल पक्षले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।