file photo

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् ।

राजीनामा दिने मन्त्रीहरुमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । तिनै जनाले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले राजीनामा दिएको बताएका छन् । राजीनामा दिनुभन्दा अघि एकपटक मन्त्रिपरिषद बैठक राख्न मुख्यमन्त्री शाहीले आग्रह गरेपनि उनीहरुले राजीनामा दिएको बताएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।